एअरलाइन्सको लापर्बाही
हिमालयन एअरलाइन्सका कारण महिला क्रिकेट टोली मलेसियाको एअरपोर्टमा अलपत्र

काठमाडौं— हिमालय एअरलाइन्सले उडान सारेपछि नेपाली महिला क्रिकेट टोली मलेसियाको एअरपोर्टमा अलपत्र परेको छ ।
यसअघि हिमालय एअरलाइन्सको उडान स्थानीय समय अनुसार आइतबार साँझ ६ बजेको लागि तोकिएको थियो । सोही अनुसार नेपाली टोलीका सदस्यहरू होटल चेक आउट गरेर निस्किएर विमानस्थल पुगेका थिए । तर उडान समय प्राविधिक कारणले भन्दै हिमालय एअरलाइन्सले राति ३ बजेका लागि सारेको छ ।
जसका कारण विमानस्थलमा पुगेका महिला क्रिकेटर टोलीका सदस्यहरू १लामो समय एअपोर्टमै बस्नुपर्ने भएको छ । स्थानीय समय अनुसार अहिले मलेसियामा साँझको ८ बजेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले भने प्राविधिक गडबडीका कारण यो समस्या भएको बताएको छ ।
खेलाडीलाई विमानस्थलमा नै बस्न र खानाको व्यवस्था मिलाएको क्यानले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८० १७:४३













