News Griha :: न्यूजगृह
सबै दल मिलेमात्र समुन्नत नेपाल बनाउन सकिन्छ : मन्त्री गुरुङ

स्याङ्जा— कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले समुन्नत नेपाल बनाउन सबै दल मिल्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड वालिङ शाखाको आइतबार शुभारम्भ गर्दैै उनले समुन्नत नेपाल देख्न चाहने हो भने सबै दल मिल्नुको विकल्प नभएको बताएका हुन् ।

‘एक दलले अर्को दललाई गालीगलोज गरेर देश बन्दैन’, मन्त्री गरुङले भने,‘देश बनाउनका लागि गालीगलोज नभई मिल्नु आवश्यक छ । मुलुक बनाउनका लागि जो जहाँ छ त्यहीँबाट कर्मलाई विश्वास गर्नुपर्छ ।’

गफ गरेर मात्र मुलुक परिवर्तन नहुने भन्दै उनले मुलुकको परिवर्तनका लागि कर्म गरेर अगाडि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १६:०२
Weather Update