ललिता निवास जग्गा प्रकरणमा थुनछेक बहस सकियो, आदेश आजै आउन सक्ने

काठमाडौं— बालुवाटारस्थि ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सकिएको छ ।
आइतबार नै प्रतिवादी लोकहरि घिमिरेको तर्फबाट बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस पनि गरेका हुन् ।
न्यायाधीश भोलानाथ ढकालको इजलासले आजै थुनछेक आदेश दिनसक्ने बताइएको छ ।
सो जग्गा प्रकरणमा मृतक २१ सहित ३१० जनालाई प्रतिवादी बनाए पनि प्रहरीले १८ जनालाई मात्रै पक्राउ गरेको छ ।
उनीहरूलाई मुद्दाको फैसला नहुन्जेल थुनामा, धरौटीमा वा साधारण तारेखमा छाड्ने भन्ने आदेश हुनेछ ।
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८० १५:४४













