News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
Prabhu Bank

काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाले देखाएको राजनीतिको बाटोमा हिँडिरहेको बताएका छन् ।

आइतबार पूर्वप्रधानमन्त्री, कांग्रेसका संस्थापक एवम् साहित्यकार बीपी कोइरालाको ११०औँ जन्म जयन्तीको अवसरमा तीन दिने बीपी साहित्य महोत्सवको उद्घाटन गर्दै उनले बीपी कोइराला विशिष्ट र बहुआयमिक व्यक्तित्व भएको स्मरण गरे ।

कांग्रेस बीपीले देखाएको राजनीतिक बाटोबाट विचलित नहुने देउवाको भनाइ छ । देउवाले भने,‘बीपी नेपाली राजनीतिको विशिष्ट र बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले देखाएको राजनीतिको बाटोमा अहिले पनि हामी हिँडिरहेका छौँ ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १४:५३
राजनीति
विशेष
Weather Update