News Griha :: न्यूजगृह
न्यूनतम साझा कार्यक्रमको गृहकार्यमै सत्ता गठबन्धन 

काठमाडौं— सत्तारुढ गठबन्धनले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी गरेको छ । गठबन्धनमा आबद्ध दलहरूबाट प्राप्त सुझावलाई समायोजन गरी न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने तयारी गरिएको हो ।

सोही विषयमा छलफल गर्न मंगलबार सत्तारुढ गठबन्धनका नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुटेका थिए । बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदामा दलहरूबाट प्राप्त सुझावहरूबारे छलफल भएकाे छ ।

सुझावअनुसार केही बुँदाहरू थपघट गर्नु पर्नेछ । एक नेताका अनुसार मंगलबारको बैठक सोही विषयमा केन्द्रित थियो । अब केही दिनमा न्यूनतम साझा कार्यक्रमलाई टुंग्याएर सार्वजनिक गरिनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत अन्य नेताहरूको उपस्थिति थियो ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  २१:४७
Weather Update