समाजवादी मोर्चाले आइतबार हेटौँडामा सन्देश सभा गर्ने

मकवानपुर— समाजवादी मोर्चाले बाग्मती प्रदेशस्तरीय सन्देश सभा आइतबार मकवानपुरको हेटौँडामा गर्ने भएको छ ।
शनिबार पत्रकार सम्मेलनमार्फत समाजवादी मोर्चामा आबद्ध दलहरुले उक्त सन्देश सभाबारे जानकारी गराएका छन् ।
सातै प्रदेशमा सन्देश सभाको कार्यक्रम तय भएको र सोही अनुसार बाग्मती प्रदेशको हेटौँडामा सभा हुने नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश अध्यक्ष सावित्रा भुसालले जानकारी दिइन् ।
आइतबार नै समाजवादी मोर्चाको बाग्मती प्रदेश कमिटीको घोषणा गर्नेसमेत तयारी छ ।
साे सभालाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले सम्बाेधन गर्नेछन् ।
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८० १७:३१