गत असार २ देखि बेपत्ता झापाका कोइला व्यवसायी अझै फेला परेनन्

झापा— मेचीनगर नगरपालिका-६ का ५१ वर्षीय कोइला व्यवसायी दुर्गाप्रसाद दाहाल असार २ गतेदेखि सम्पर्कविहीन छन् । परिवारका सदस्यले खोजीका लागि प्रहरीलाई अनुरोध गरेका छन् ।
भारतबाट कोइला आयात गरेर नेपालमा रहेका इँटा उद्योगमा आपूर्ति गर्ने व्यवसाय सञ्चालन गर्दै आएका दाहालसँग गत असार २ गते पत्नी शोभाको अन्तिम पटक फोनमा सम्पर्क भएको थियो ।
शोभाले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा खोजीका लागि निवेदन दिएकी छन् । इप्रका काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले दाहालको खोजी भइरहेको बताउँछन् ।
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८० १४:११













