News Griha :: न्यूजगृह
शक्तिशाली भूकम्पमा परि मोरक्कोमा २९६ जनाको मृत्यु

काठमाडौं— मोरक्कोमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २९६ जनाको मृत्यु भएको छ । त्यहाँको आन्तरिक मामिला मन्त्रालयका अनुसार शुक्रबार राति मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । 

भूकम्पले भत्किएका भवनका भग्नावशेषमा मानिसहरू पुरिएको र उद्धारसमेत भइरहेको बीबीसीले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा रहेको हाई एटलस माउन्टेन रहेको बीबीसीले जनाएको छ । यूएएस जिओलोजिकल सर्भेका अनुसार भूकम्पको गहिराइ १८.५ किलोमिटर रहेको छ ।

भूकम्पमा परी माराकेस र त्यसआसपासका स्थानीयको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । माराकेसको पुरानो सहरका केही भवनहरू भत्किएका छन् ।

भूकम्पका कारण भवन ढल्दै गरेका दृश्यसमेतका भिडिओ सामाजिक सञ्जाल एक्समासमेत पोस्ट भएका छन् । भूकम्पपछि पराकम्पहरू आइरहेकाले स्थानीय बासिन्दा घरबाहिरै बसिरहेका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  ११:२१
Weather Update