News Griha :: न्यूजगृह
अनधिकृत प्रचार सामग्री टाँस्नेलाई काठमाडौं महानगरले तिरायो जरिवाना

काठमाडौं— अनधिकृत प्रचार सामग्री टाँस्ने, वितरण गर्ने तीन जनालाई कलंकी क्षेत्रबाट नियन्त्रणमा लिएर काठमाडौँ महानगरपालिकाले जरिवाना तिराएको छ ।

विभिन्न पदमा रोजगारको अवसर उल्लेख भएको पर्चाको फोन नम्बर पछ्याउँदै रमेश खत्री, माधव पन्त र गणेश आचार्यलाई नियन्त्रणमा लिएर महानगरले जरिवाना तिराएको हो ।

महानगरले सडक वा सडकका भित्ता, बिजुलीका पोल, रेलिङ, बार, पार्क, पर्खाल जस्ता ठाउँहरूमा प्रचारका सामग्री टाँस्न रोक लगाएको छ ।

यसको वास्ता नगरी सार्वजनिक स्थानमा पर्चा टाँस्ने, सडकमा हिँड्नेलाई वितरण गर्ने कार्य भने रोकिएको छैन। उनीहरूमध्ये केहीले व्यक्तिगत सामग्री र केही संस्थाहरूको सामग्री तथा सेवाका पर्चा, पम्प्लेट टाँस्ने तथा वितरण गर्ने गरेका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १०:५५
Weather Update