News Griha :: न्यूजगृह
भक्तपुरमा मोटरसाइकल दुर्घटना :  एकको मृत्यु, २ जना घाइते

काठमाडौं— भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुई जना घाइते छन् । गएराति सूर्यविनायक नगरपालिका- ८ मा  बा.प्र०२-०२३ प २८५९ र प्रदेश ३-०२-००२ प ६९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेको बनेपाकी नवीना काफ्लेको मृत्यु भएको हो । 

दुर्घटनामा उनका श्रीमान् किरण घिमिरे घाइते छन् । अर्को मोटरसाइकलमा सवार ओखलढुङ्गाको सुनकोशी गाँउपालिका- ४ घर भई हाल भक्तपुर नलिन्चोक बस्ने हिरा बडाल पनि घाइते छन् । घाइते दुवै जनाको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १०:३८
Weather Update