News Griha :: न्यूजगृह
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठायो सबै इकाईलाई यस्तो पत्र

काठमाडौं— शिक्षा तथा मानव स्रोत विकास केन्द्रको योजना अनुगमन शाखाले अभिमुखीकरण कार्यक्रम स्थगित भएको जनाएको छ ।

शाखा अधिकृत प्रकाश कुमार खरेलले शुक्रबार सबै शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र पठाउँदै सो कार्यक्रम स्थगित भएको जानकारी गराएका हुन् ।

पत्रमा भनिएको छ,‘यस केन्द्रको मिति २०८०/५/२१ च.नं. ७१ अनुसार गत आर्थिक वर्ष २०७९/८० को प्रगति समीक्षा र चालु आर्थिक वर्ष २०८०/८१ मा प्रदेश, स्थानीय तह र शिक्षा विकास र समन्वय इकाईमार्फत सञ्चालन हुने कार्यक्रमको अभिमुखीकरण  कार्यक्रम भदौ २७ देखि २९ गतेसम्म हुने भनिएकोमा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा निर्णयनुसार अनुरोध छ ।’
 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  ०८:२५
Weather Update