News Griha :: न्यूजगृह
शिक्षक सेवा आयोगले प्रकाशन गर्‍यो मावि तहको यी विषयको नतिजा

काठमाडौं— शिक्षक सेवा आयोगले माध्यमिक तहको सामाजिक र विज्ञान विषयको नतिजा प्रकाशन गरेको छ । 

आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा प्रकाशन गरेको हो ।

आयोगले बिहीबार सामाजिक विषयको र शुक्रबार विज्ञान विषयको गत असार ९ गते लिएको लिखित परीक्षाका नतिजा सार्वजनिक गरेको हो ।

आयोगले आगामी असोज २०, २१ र २२ गते आयोगको कार्यालयमा अन्तर्वार्ताका लागि लिखित परीक्षामा सफल उम्मेदवारलाई बोलाएको छ ।

आगामी साताभित्र सबै विषयको नतिजा प्रकाशन गरिसक्ने आयोगको तयारी छ । 

नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  ०७:५४
Weather Update