
काठमाडौं— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ।
जी-२० शिखर सम्मेलनमा सहभागी हुन नयाँदिल्ली पुगेका अमेरिकी राष्ट्रपति बाइडेन र सम्मेलन आयोजक जी-२० को अध्यक्ष राष्ट्र भारतका प्रधानमन्त्री मोदीबीच शुक्रबार साँझ प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको हो।
भेटको बारेमा ट्वीट गर्दै भारतीय प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनलेजनहितसहितका विविध मुद्दामा वार्ता गरेको र यो वार्ताले भारत र अमेरिकाबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै लैजाने उल्लेख गरेको छ।
अमेरिकी राष्ट्रपति बाइडेन शुक्रवार साँझ दिल्ली अवतरण गरेका हुन् । उनलाई विमानस्थलमा केन्द्रीय मन्त्री भीके सिंहले स्वागत गरेका थिए। बाइडेन विमानस्थलबाट सिधै होटल पुगेका थिए।
लगत्तै उनी प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्तामा सहभागी भएका हुन् । विश्व अर्थतन्त्रका २० ठूला राष्ट्रको अन्तरसरकारी संगठन जी-२० को शिखर सम्मेलन शनिबार र आइतबार नयाँदिल्लीमा हुँदै छ।
सम्मेलनमा सहभागी हुन जी-२० सदस्य राष्ट्रका प्रमुखहरू भारत पुगेका छन्।
Happy to have welcomed @POTUS@JoeBiden to 7, Lok Kalyan Marg. Our meeting was very productive. We were able to discuss numerous topics which will further economic and people-to-people linkages between India and USA. The friendship between our nations will continue to play a… pic.twitter.com/Yg1tz9kGwQ
— Narendra Modi (@narendramodi) September 8, 2023













