‘देश अराजकतातिर उन्मुख भइरहेको छ’

काठमाडौं— नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले देश अराजकतातिर उन्मुख भइरहेको बताएका छन् । मंगलबार लेखक रमेशप्रसाद गौतमको कृति ‘मेरो अतित, मेरो अनुभव’ लोकार्पण समारोहमा बोल्दै उनले देश अराजकतातिर उन्मुख भइरहेको बताएका हुन् ।
शैक्षिक, ऋणको भारी र भ्रष्टाचार सबै किसिमबाट हेर्दा देश अराजकतातिर उन्मुख भइरहेको उनले दाबी गरे । अहिलेको अवस्थालाई नियन्त्रण र निगरानी राख्न गठबन्धनको सही कार्यदिशा नभए देश असफल हुने निश्चित रहेको केसीको भनाइ छ ।
उनले शैक्षिक क्षेत्रमा पनि नैराश्यता देखिएको भन्दै यसलाई हटाउन सरकारले संघीय शिक्षा ऐन समयमा नै ल्याउनुपर्ने बताए ।
उनले विश्वविद्यालय अराजकता र भागबन्डाको अखडा भइरहेको दाबी गरे । नेता केसीले शैक्षिक अराजकता अहिलेको चुनौतिको विषय बनेको बताए ।
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९ १९:४०













