बाँके
बाँकेमा बस दुर्घटना हुँदा ५ को मृत्यु, १५ घाइते

काठमाडौं— बाँकेमा शुक्रबार राति भएको बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । कोहलपुरको शमशेरगन्जमा भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले दुर्घटनामा ५ जनाको मृत्यु र १५ जना घाइते भएकाे जानकारी दिए ।
उनले घाइतेहरूकाे कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिए । दाङबाट बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएको थियो ।
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८० ०६:१९













