News Griha :: न्यूजगृह
उदयपुरमा स्क्रब टाइफसको संक्रमण बढ्दै

उदयपुर— उदयपुरको सदरमुकाम गाईघाट बजारलगायत त्रियुगा नगरपालिका क्षेत्रमा स्क्रब टाइफसको संक्रमण देखा पर्न थालेको छ ।

जिल्लामा भदौको पहिलो साता एक जनामा संक्रमण देखिएसँगै अहिले दैनिक बिरामीको संख्या वृद्धि हुन थालेको जिल्ला अस्पताल उदयपुरले जनाएको छ ।

भदौको पहिलो साता पहिलो पटक अस्पतालमा उपचार गर्न आएका एक जनामा स्क्रब टाइफसको संक्रमण देखा परेको अस्पतालका प्रमुख डा.ज्ञानेन्द्र झाले जानकारी दिए ।

अस्पतालका फिजिसिएन डा.राहुल रौनियारका अनुसार सुरुमा यस रोगको लक्षण अनियमित ज्वरो आउने, शरीर तथा छालामा राता डाबर देखा पर्नेलगायत रहेका छन् ।

साउनको पहिलो सातादेखि डेंगु देखा परेको थियो भने साउनको दोस्रो सातादेखि जिल्लामा आँखा पाक्ने रोगको संक्रमण फैलिएको अस्पतालका प्रमुख झाले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  २०:०७
Weather Update