News Griha :: न्यूजगृह
गृहका १० अधिकारीहरूको सरुवा 

काठमाडौं— गृह मन्त्रालयले मातहतका १० प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको शुक्रबार सरुवा गरेको छ ।

गृह मन्त्रालयका अनुसार इलाका प्रशासन कार्यालय कटारी उदयपुरमा कार्यरत उपसचिव चेतराज बराललाई  जिल्ला प्रशासन कार्यालय ओखलढुंङ्गाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को रूपमा सरुवा गरिएको छ । 

त्यसैगरी प्रमुख जिल्ला प्रशासन कार्यालय ओखलढुंङ्गाकी (सीडीओ) प्रदर्शनी कुमारीलाई जिल्ला प्रशासन कार्यालय भोजपुरमा काज सरुवा गरिएको छ । 

हेर्नुस् सूची  

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १८:४१
Weather Update