News Griha :: न्यूजगृह
सरकारले गर्‍यो सचिवहरूको सरुवा, काे कहाँ ?

काठमाडौं— सरकारले ३ जना सचिवहरूको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा  गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ ।

नेपाल कानुन आयोगकी सचिव लिलादेवी गड्तौला निरौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगमा सरुवा गरिएको छ ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले न्याय सेवा आयोगका फणीन्द्र गौतमलाई बढुवा गरी सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन गरेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १७:४४
Weather Update