बालुवाटारमा सत्तारुढ दलको बैठक जारी

काठमाडौं— सत्तारुढ गठबन्धनमा आवद्ध दलमध्ये ४ दलको बैठक जारी छ ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरू उपस्थित छन् ।
बैठकमा गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९ १८:५७













