News Griha :: न्यूजगृह
नेपाल सबै मित्रराष्ट्रको साथ र सहयोगबाट अघि बढ्छ : सभामुख घिमिरे

काठमाडौं— सभामुख देवराज घिमिरेले नेपालले सबै मित्रराष्ट्रहरूको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा राखेको बताएका छन् ।

अन्तर व्यवस्थापिका संघ (आईपियु) को १४६औँ महासभालाई बहराइनको राजधानी मनामामा आज सम्बोधन गर्दै उनले सबै मित्रराष्ट्रहरूको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा राखेको बताएका हुन् ।

‘असंलग्नता हाम्रो परराष्ट्र नीतिको आधारभूत पक्ष हो, शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त पञ्चशील, नेपालमा जन्मिएका भगवान् गौतम बुद्धको शिक्षामा आधारित छन्,’ घिमिरेले भने ।

उनले नेपालको संघीय संसद् लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक भएको बताएको उनको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरेले संविधानसभाबाट निर्माण भएको संविधानले मौलिक हक तथा सामाजिक न्याय, बालिग मताधिकार, स्वतन्त्र न्याय प्रणाली तथा सामाजिक समावेशीकरणका माध्यमबाट नागरिकलाई एकताको सूत्रमा आबद्ध गराएको बताए । 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  २१:४८
Weather Update