News Griha :: न्यूजगृह
किन भयो रवि लामिछानेविरुद्धको मुद्दा स्थगित? 

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ ।

न्यायाधीश अनिलकुमार सिन्हाले उक्त मुद्दा हेर्न नमिल्ने भन्दै स्थगित गरेका हुन्  । लामिछानेविरुद्धको मुद्दा यसअघि पनि सिन्हाले हेरेकाले यो मुद्दा हेर्न नमिल्ने भएको हो ।

सोमबार दर्ता भएको रिट मंगलबारका लागि पेसी सूचीमा चढाइएको थियो । रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित युवराज पौडेल सफलले सोमबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

यससँगै अब सो मुद्दा अर्को दिनमात्रै सुनुवाइ हुनेछ ।  
 

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १५:५३
Weather Update