राजनीति
संसद् बैठकमै सांसदले चलाउँछन् मोबाइल

काठमाडौं— राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सदन चलिरहँदा मोबाइल स्विच अफ गर्न आग्रह गरेका छन् ।
मंगलबार राष्ट्रिय सभा बैठकमा उनले मोबाइल स्विच अफ गर्न सांसदहरूलाई सचेत गराएका हुन् । नेकपा एकीकृत समाजवादीका सांसद मदनकुमारी साह गरिमा बोल्दा एक जना सांसदले मोबाइल चलाइरहेको देखेपछि अध्यक्ष तिमिल्सिनाले सचेत गराएका हुन् ।
उनले भने, ‘माननीय ज्यू मोबाइल स्विच अफ गर्नुस् ।’ सदन चलिरहेका बेला सांसदहरूलाई राष्ट्रियसभाका अध्यक्षले सचेत गराउन सक्ने अधिकार रहेको हुन्छ ।
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९ १५:४४













