संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी सेना काठमाडौं आउँदै

काठमाडौं— संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी सेनाको १२ सदस्यीय टोली बिहीबार काठमाडौं आउँदै छ ।
नेपाली सेना र अमेरिकी सेनाबीच यही भदौ २४ देखि असोज १२ गतेसम्म संयुक्त सैन्य अभ्यास हुँदैछ । उक्त सैन्य अभ्यासको यो ४०औं संस्करण हो ।
संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका ३० जना अधिकृत तथा अन्य दर्जाको सहभागिता रहने बताइएको छ ।
संयुक्त सैन्य अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयहरूमा अनुभव तथा ज्ञान आदानप्रदान हुने नेपाली सेनाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८० ०६:४५














