बंगलादेशको बंगबजारमा भीषण आगलागी

काठमाडौं — बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी भएको छ । द डेली स्टार अनलाइनका अनुसार मंगलबार बिहान ढाकास्थित बंगबजारमा आगलागी भएको हो ।

आगो निभाउन ४७ वटा दमकल प्रयोग गरिएको समाचारमा जनाइएको छ । फायर सर्भिस तथा सिभिल डिफेन्स कन्ट्रोलका रुमका ड्युटी अफिसर रफी अल फारुकले मंगलबार बिहान बंगबजार मार्केटमा आगलागी सुरु भएको हो ।

आगलागीको कारण थाहा भएको छैन । त्यस्तै मानवीय क्षति पनि नभएको खबर छ ।
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९ १२:०५













