उपनिर्वाचन
उम्मेदवारी बदर गर्न माग गर्दै रविविरुद्ध उजुरी
काठमाडौं— चितवन २ का उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार लामिछानेविरुद्ध युवराज पौडेल (सफल) ले चितवन २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् ।
नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना अवधि व्यतित नभइ निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको उजुरीमा उल्लेख छन् ।
रवि लामिछानेले गत १५ माघमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुनःप्राप्ति गरेका थिए ।
उजुरीमा लामिछानेको उम्मेदवारी बदर गरी उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गर्न माग गरिएको छ । सोमबार लामिछानेले चितवन २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका थिए ।
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९ ११:५६













