नयाँ नेतृत्व
एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल निर्वाचित
काठमाडौं— नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल निर्वाचित भएका छन् ।
गएराति सम्पन्न मतपरिणाम अनुसार कंडेलले ४७९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी हरि रिजालले ४७७ मत पाएको निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए ।
उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४५५ मत प्राप्त गर्दै विजयी भएका छन् । उपसचिव (पुरुष) मा पूर्णबुढा मगर ४१८ मत पाउँदै विजयी भएका छन् ।
उपसचिव (महिला) मा लीला राना मगर ३५२ मत पाउँदै निर्वाचित भएकी छिन् । उनीसँग बसन्ती अधिकारीले ३५१ र आरती पौडेलले २२१ मत ल्याएका थिए ।
यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् । उनले प्रतिस्पर्धी विष्णुराज बीसीलाई २०७ मत अन्तरले पराजित गरेका हुन् । कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो ।
सूची हेर्नुस्
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८० ०६:१६