News Griha :: न्यूजगृह
रवि लामिछानेविरुद्धको रिट न्यायाधीश सिन्हाको इजलासमा

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमा मंगलबार प्रारम्भिक सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतको वेबसाइटका अनुसार युवराज पौडेल (सफल) ले दिएको रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा सुनुवाइ हुन लागेको छ।

लामिछानेले झुटा विवरण दिएर राहदानी बनाएको अभियोगमा मुद्दा चलाउन नपर्ने भनी महान्यायाधिवक्ताले गरेको निर्णय दुराग्रहपूर्ण रहेको भन्दै पौडेल सर्वोच्च अदालत गएका हुन्। 

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १०:५४
Weather Update