कुराकानी
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबार झण्डै एक घण्टा छलफल

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीले बोलाएपछि प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष ओली मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय पुगेका थिए । स्रोतका अनुसार संसद्मा छलफल क्रममा रहेका विधेयक लगायत विषयमा दुई नेताबीच झन्डै एक घण्टा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८० १५:४२