राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं— संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक मंगलबार बस्दैछ । बैठक दिउँसो १ बजेर १ मिनेटमा सुरु हुनेछ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७८/०७९ र लोक सेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदन २०७८/०७९ पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।
यस्तो छ कार्यसूची
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९ ०९:४४













