News Griha :: न्यूजगृह
मंगलबारबाट कोशी प्रदेश सरकारको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ हुँदै

काठमाडौं— कोशी प्रदेश सरकारविरुद्ध परेको रिटमाथि आज मंगलबारबाट सर्वोच्च अदालतकाे पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतबारेमा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो । सोमबार समय अभावका कारण ‘हेर्दाहेर्दै’ मा राखिएपछि मंगलबारबाट सुनुवाइ हुने भएको हो ।

गत आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेअनुसार सोमबारबाट पूर्ण इजलासमा सुनुवाइ हुने भनिए पनि सोमबार हुन नसकेपछि मंगलबारबाट हुन लागेको हो ।

मुख्यमन्त्री थापाले बैठकको सभाध्यक्षसहितको मतसमेत जोडेर विश्वासको मत लिएपछि नेकपा एमालेले सो कार्य गैरसंवैधानिक भन्दै सर्वोच्च अदालतले रिट दायर गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०७:३९
Weather Update