
काठमाडौं— जल तथा मौसम विज्ञान विभागले देशका केही भू–भागमा मंगलबार वर्षाको सम्भावना रहेको जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
विभागले बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको बताउँदै बाग्मती र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको बताएको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।
विभागका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।













