News Griha :: न्यूजगृह
महन्थ ठाकुर भन्छन्— मधेसका मुद्दा मरेका छैनन्

महोत्तरी— लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका मुद्दा जिउँदै रहेका बताएका छन् ।

सोमबार महोत्तरीको बर्दिवासमा सम्पन्न लोसपाको मधेस प्रदेश समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले पार्टी स्थापनाकालका ती मुद्दा जनतामाझ पुर्‍याउन पर्ने बताए ।

‘हामीले उठाएका कतिपय राजनीतिक मुद्दा आन्दोलनका बलमा स्थापित भएका छन्’,अध्यक्ष ठाकुरले भने,‘यद्यपि राज्यसत्ताबाट प्रताडित हुने क्रम रोकिएको छैन ।’

अझै मधेस आन्दोलनताका खडा गरिएका झुठा मुद्दामा आफ्ना कार्यकर्ताले मुद्दा खेपिरहेका उनले बताए ।

कार्यक्रममा अध्यक्ष ठाकुरले अब लोसपा बस्तीबस्ती पसेर जनतालाई आन्दोलनका उपलब्धि र अझै लड्नुपर्ने अधिकारका बारेमा जागरुक बनाउन लाग्नुपर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०६:१६
Weather Update