News Griha :: न्यूजगृह
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

मकवानपुर— बाग्मती प्रदेश सरकारले काठमाडौं बूढानीलकण्ठ नगरपालिका–५ निवासी कृष्णकुमारी बस्नेतलाई प्रदेश नीति तथा योजना आयोगको सदस्य मनोनीत गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई नीति तथा योजना आयोगको सदस्यमा मनोनीत गरेको बाग्मती सकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले बताए ।

त्यस्तै यही भदौ २२ गते चेपाङ समुदायले मनाउँदै आएको न्वागी पर्वका अवसरमा प्रदेशको मकवानपुर, धादिङ र चितवन जिल्लामा सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको उनले जानकारी दिए । प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि २०८० स्वीकृत भएको छ ।

त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिफारिस गरेको संगठन संरचना र दरबन्दी सहितको संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयले सिफारिस गरेको स्रोत सुनिश्चितता गर्ने तथा आयोजना सम्झौताका लागि अख्तियारी प्रदान गर्नेसमेत निर्णय गरेको मन्त्री श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २०:५९
Weather Update