विद्यालय कर्मचारीका यी समस्या सम्बोधन हुनेगरी परिपत्र गरिने

काठमाडौं— सामुदायिक विद्यालयका कर्मचारीको हकहितका विषयमा सोमबार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीमा छलफल भएको छ ।
नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय कर्मचारीका माग सम्बोधन हुने गरी स्थानीय तहलाई परिपत्र गर्ने भएको हो ।
विद्यालय समायोजनपछि कर्मचारीलाई समायोजन गर्दा स्थानीय तहमा आएको समस्या, तत्काल सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय (सहयोगी) र सहायक कर्मचारीलाई उपलब्ध गराउनका निम्ति परिपत्र र स्थानीय तहले विद्यालय कर्मचारीलाई के को आधारमा सरुवा गर्ने ? त्यसको कारण र सरुवा गर्न नपाइने विषयमा परिपत्र गर्ने सहमति भएको छ ।
त्यसैगरी ६० वर्ष उमेर पुगेर काम गरिरहेका विद्यालय कर्मचारीलाई सेवासुविधा दिने विषयमा पनि परिपत्र गरिने भएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० १८:५५













