राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बिहान भेटवार्ता गरेका छन् ।
शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो अमेरिका र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
साथै, भेटमा समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० १२:३९













