News Griha :: न्यूजगृह
स्वास्थ्यमन्त्री बस्नेत इजिप्ट प्रस्थान 

काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत सोमबार इजिप्ट प्रस्थान गरेका छन् ।

मङ्गलबारदेखि इजिप्टको कायरोमा सुरु हुन लागेको जनसङ्ख्या, स्वास्थ्य तथा विकाससम्बन्धी विश्व सम्मेलनमा भाग लिन मन्त्री बस्नेत सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

बस्नेतले सम्मेलनलाई सम्बोधन गर्नेछन् । इजिप्टका स्वास्थ्यमन्त्रीसँग दुई पक्षीय बैठक तथा दक्षिण पूर्व एसियाका स्वास्थ्यमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

मन्त्री बस्नेत भदौ २४ गते स्वदेश फर्किने छन् ।  

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १२:१७
Weather Update