News Griha :: न्यूजगृह
नेपाल भारतबीचको खेल हेर्न जनकपुरमा विद्यालय बन्द

काठमाडौं— नेपाल र भारतबीच हुने ऐतिहासिक खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले सोमबार विद्यालयमा बिदाको घोषणा गरेको छ ।

उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाले जारी गरेको सूचना अनुसार २ बजेपछि कुनै पनि कक्षा सञ्चालन नगर्न सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिइएको छ । 

उपमहानगरले भनेको छ, ‘जनकपुरधाम उपमहानगरपालिकाअन्तर्गत राम जानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीमा खेल भावना र एसिय कपमा नेपाल र भारतबीच हुने खेलमा नेपाल गौरवान्वित महसुस गरेकोले टोलीको हौसला बढाउन कुनै पनि कक्षा सञ्चालक नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ ।’

सोमबार एसिया कपमा नेपाल भारतबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे श्रीलंकाको पालेकेले क्रिकेट मैदानमा हुँदैछ ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०८:४०
Weather Update