News Griha :: न्यूजगृह
कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको पूर्ण इजलासमा सुनुवाइ हुँदै

काठमाडौं— कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आजबाट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा सोमबारबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनवाइ हुन लागेको हो ।

आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त मुद्दालाई पूर्ण इजलासमा पठाउने निर्णय गरेअनुसार सोमबारबाट पूर्ण इजलासमा सुनवाइ हुन लागेको हो ।

जसअनुसार अब कम्तीमा ३ न्यायाधीश रहने पूर्ण इजलासमा उक्त मुद्दामाथि सुनुवाइ हुनेछ ।

मुख्यमन्त्री थापाले बैठकको सभाध्यक्षसहितको मतसमेत जोडेर विश्वासको मत लिएपछि नेकपा एमालेले सो कार्य गैरसंवैधानिक भन्दै सर्वोच्च अदालतले मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०७:३९
Weather Update