News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 
फाइल तस्बिर

काठमाडौं— प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सोमबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरू सोधिने र तिनको उत्तर दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० निर्णयार्थ प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूची रहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०७:०९
Weather Update