सुदन किराँती भन्छन्— वर्तमान सरकार सहमतिका आधारमा ५ वर्ष सञ्चालन हुन्छ
---1685702199.jpg)
मोरङ— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले वर्तमान गठबन्धन सरकार सहमतिका आधारमा ५ वर्ष सञ्चालन हुने बताएका छन् ।
प्रेस सेन्टर नेपाल मोरङद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले दलहरू अस्थिरताबाट जोगिन र कामका आधारमा वर्तमान सरकार अक्षरसः सहमति पालना गरी पूर्ण समयसम्म सञ्चालन हुने दाबी गरे ।
मन्त्री किराँतीले भने,‘इतिहासदेखि जातीय द्वन्द्व र साप्रदायिक सद्भाव खलबलाउने कार्य नेपाली जनताले अस्वीकार गरेका छन् भन्दै आफ्नो संस्कृतिलाई लागु गर्दा अर्काको संस्कृतिमा आँच आउन दिनु हुँदैन ।’
सरकारले सञ्चालन गरेको भ्रष्टाचार न्यूनीकरण अभियान नरोकिने भन्दै उनले अनुसन्धान गर्दै जाँदा भ्रष्टाचारमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउने दृढता व्यक्त गरे ।
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८० २१:२३