News Griha :: न्यूजगृह
राप्रपाले भदौ २७ गते काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी भदौ २७ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने भएको छ ।

राप्रपाको आइतबार बसेको पदाधिकारी बैठकले सो मितिमा काठमाडौंमा बृहत् विरोध सभा गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले गौवंश हत्याको विरोध, हिन्दुत्वको रक्षा एवम् हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी, विभिन्न भ्रष्टाचारमा संलग्न उच्च राजनैतिक नेतृत्वलाई छानबिन, सुन तस्करीलगायत काण्डमा संलग्नको पूर्ण छानबिनसहितका मागसहित प्रदर्शन गर्ने लागेको हो ।

आर्थिक संकटमा सरकारको उदाशीनता, बढ्दो बेरोजगारी, मूल्य वृद्धि जस्ता विषयसहित प्रदर्शन गर्न लागिएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १९:५१
Weather Update