जनमुखी र सर्वसुलभ शिक्षा आजको आवश्यकता : गृहमन्त्री श्रेष्ठ

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षाको उद्देश्य मानिसलाई केवल कम्प्युटर बनाउने मात्रै नभएको बताएका छन् ।
आइतबार विश्वविद्यालय समन्वय समितिको बैठकमा उनले शिक्षाको उद्देश्य केवल मानिसलाई कम्प्युटर बनाउने मात्रै नभएको भन्दै अनुसन्धानात्मक, जनमुखी र सर्वसुलभ शिक्षाले मात्रै मानिसले जीवन उद्देश्य बुझ्ने बताएका हुन् ।
शिक्षाको गुणात्मक विकास हुनुपर्नेमा जोड दिँदै उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि राजनीतिक र एकेडेमीक नेतृत्व सच्चिनैपर्ने बताए ।
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८० १९:२०













