News Griha :: न्यूजगृह
नेपाल–भारतबीचको खेल हेर्न श्रीलंका गए रवि लामिछाने 

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने एसिया कपअन्तर्गत सोमबार हुने नेपाल र भारतबीचको खेल हेर्न आइतबार दिउँसो श्रीलंका गएका छन् ।

उनले पार्टीका अन्य नेताहरूलाई एसएमएसमार्फत श्रीलंका गएको जानकारी गराएको रास्वपाका एक नेताले जानकारी दिए ।

लामिछानेले आफू श्रीलंकामा रहँदासम्म उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापति तोकेका छन् । यस्तै संसदीय दलको नेताको कार्यवाहक उपनेता विराजभक्त श्रेष्ठलाई दिइएको छ ।

एसिया कपमा समूह चरणको अन्तिम खेल नेपालले सोमबार सवा ३ बजे भारतसँग खेल्दैछ ।

 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १९:०८
Weather Update