![नेविसंघले गर्यो भ्रष्टाचारविरुद्ध प्रदर्शन [फोटो फिचर]](https://newsgriha.com/uploads/posts/nsu11693745550.jpg)
काठमाडौं— नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ नेविसंघले सरकारविरुद्ध शिक्षा, स्वास्थ्य क्षेत्रमा भ्रष्टचार बन्द गर भन्दै विरोध गरेको छ ।
आइतबार काठमाडौंको माइतीघरमा आयोजित विरोध प्रदर्शनमा सहभागीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनी नेतृत्वको सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
प्रदर्शनमा सहभागीले मूल्य वृद्धि खारेज गर, प्रचण्ड सरकार होसियार जस्ता नारा लगाएका थिए । नेविसंघ नेता गौरव पाण्डेले सरकारले मूल्य वृद्धि नियन्त्रण नगरे विद्यार्थीको उग्ररूप देख्ने चेतावनी दिए ।
‘सरकारले जनताको ढाड सेकाउने गरी मूल्य वृद्धि गरेको छ । सरकारलाई हाम्रो चेतावनी विद्यार्थीले उग्ररूप देख्नु हुनेछ । यसरी जनतालाई लुट्न पाइँदैन । प्रचण्ड सरकारले यस्तो कार्य गरिरहेको छ ।’
विरोध कार्यक्रममा बोल्दै नेविसंघका विद्यार्थीले सरकारले गरिबलाई बाँच्न पनि नदिने अवस्था सिर्जना गरेको आरोप लगाए ।
सरकारले आफूहरूलाई झुटो आश्वासन दिएर जनताको आँखाका धुलोछर्ने काम गरेको उनीहरूको भनाइ छ ।















