सल्यानमा बस पल्टिँदा ६ जना घाइते, २ को अवस्था गम्भीर
1693720593.jpg)
काठमाडौं— सल्यानको बागचौर नगरपालिका वडा नम्बर ७ मा यात्रु बस पल्टिँदा ६ जना घाइते भएका छन् ।
सल्यानको बाँफुखोलाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५४१ नम्बरको बस चौफारी भन्ने स्थानमा कच्ची सडकको खाल्डोमा परेर आइतबार बिहान दुर्घटना भएको थियो ।
1693720602.jpg)
प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन । घाइतेहरुलाई उद्धार गरेर अस्पताल पठाइएको छ । घाइते ६ जनामध्ये बागचौर नगरपालिका वडा नम्बर ६ की रन्जना चन्द र रामबहादुर वलीको अवस्था गम्भीर छ । घाइते सबैको बागचौरमा उपचारका भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८० ११:४१













