News Griha :: न्यूजगृह
एक साताअघि नै बालेन दम्पतीलाई पुत्री लाभ, बच्चाको एनआईसीयूमा उपचार हुँदै [फलोअप]

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साह दम्पतीलाई एक साताअघि नै पुत्रीलाभ भएको खुलेको छ ।

बालेन पत्नी सविना काफ्लेले ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा दुई बच्चालाई जन्म दिएकी थिइन् । दुईमध्ये एक बच्चालाई भने बचाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ । स्रोतका अनुसार सविनाले छोरा र छोरीलाई जन्म दिएकी थिइन्  । छोरालाई भने चिकित्सकले बचाउन सकेनन्  ।

छोरीको अहिले सोही अस्पतालको एनआईसीयू मै उपचार भइरहेको छ । ‘सामान्य डेलिभरी होइन । सात महिनामा अप्रेसन गरेर बच्चा निकालिएको हो,’ स्रोतले भन्यो । बच्चा अस्पताल मै रहेपनि सविना भने दुई दिनअघि नै डिस्चार्ज भइसकेकी छन् ।

बच्चा अस्पतालमा रहेकाले सविनासहित परिवारका सदस्यको मेडिसिटीमा आउजाउ भइरहेको छ।  

मेयर बालेनले सिंहदरबारमा आगो लगाउने भन्दै शनिबार राति विवादास्पद अभिव्यक्ति दिएपछि उनको आलोचना भइरहेको छ । उनले महानगरपालिकाको गाडी ट्राफिक प्रहरीले रोकेपछि आक्रोश पोख्दै सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका थिए । बालेनको अभिव्यक्तिलाई लिएर आलोचना भइरहेको बेला आइतबार बिहान पुत्रीलाभ भएको भनेर सार्वजनिक गरिएपनि एक साताअघि नै सविना डेलिभरी भएको पाइएको हो ।  

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ११:२४
Weather Update