News Griha :: न्यूजगृह
पेप्सीकोला—काँडाघारी सडकमा दुर्घटना : १३ जना घाइते, बस चालक नियन्त्रणमा 

काठमाडौं— काठमाडौंको पेप्सीकोला—काँडाघारी सडकखण्डमा सवारी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । 

आइतबार बिहान करिब साढे ७ बजे मिनी बसले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा १३ जना घाइते भएको काँडाघारी प्रहरीका इन्सपेक्टर श्याम कटुवालले न्यूजगृहलाई जानकारी दिए ।

कटुवालका अनुसार बसको ठक्करबाट घाइते भएका ७ जनाकाे मिनभवनस्थित सिभिल अस्पताल र ६ जनाको मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको छ ।

बस चालकलाई नियन्त्रणमा लिइसकेको उनले जानकारी दिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको काँडाघारी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०९:००
Weather Update