News Griha :: न्यूजगृह
सरकारले महानगरको गाडी रोके सिंहदरबारमा आगो लगाइदिने बालेन साहको चेतावनी

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकारप्रति आक्रोश पोखेका छन् ।

साहले शनिबार राति सामाजिक सञ्जालमार्फत महानगरपालिकाको कुनै पनि गाडी सरकारले रोके सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका हुन् ।

फेसबुकमा उनले लेखेका छन्,‘आजको लागी केहि भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  २१:४५
Weather Update