News Griha :: न्यूजगृह
एसिया कप : भारतले दियो पाकिस्तानलाई २६७ रनको लक्ष्य 

काठमाडौं— श्रीलंकामा जारी एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई जितका लागि २६७ रनको लक्ष्य दिएको छ ।

शनिबार साँझ श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा  जारी खेलमा भारतले पाकिस्तानलाई सो लक्ष्य दिएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारत ४८.५ ओभरमा २६६ रनमा अलआउट भयो । भारतका उपकप्तान हार्दिक पान्ड्याले ८७ र इशान किशनले ८२ रनको अर्धशतकीय पारी खेले ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ४ विकेट लिए भने हरिस रउफ र नसिम शाहले ३/३ विकेट लिए ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  २०:०३
Weather Update