माओवादी बलियो हुँदा परिवर्तनका एजेन्डाको रक्षा हुने पम्फा भुसालको दाबी

ललितपुर— नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ ३ महिने अभियानमा पार्टीले जनताको पक्षमा गरेका कामबारे बुझाउने बताएकी छिन् ।
ललितपुर उपमाहानगरपालिका वडा नं २२ बुङ्मतीमा आयोजित माओवादी केन्द्रको ‘जनतासँग माओवादी रुपान्तरण अभियान’ र ‘जनजनमा माओवादी घर–घरमा माओवादी’ उद्घाटन कार्यक्रममा उपाध्यक्ष पम्फा भुसालले यस्तो बताएकी हुन् ।
अरु समय भोट माग्न र भोट प्राप्त गरेपछि धन्यवाद दिन आएको र अबको ३ महिने रुपान्तरण अभियानमा जनताको गुनासो र सुझाव संकलन गर्न जनताको घर–घरमा माओवादी पुग्ने उनले बताइन् ।
जनता र माओवादीको सम्बन्ध नङ र मासुको जस्तै हुँदा माओवादी बलियो हुने र माओवादी बलियो हुँदा परिवर्तनका एजेन्डाकाे रक्षा हुने भएकाले जनतासँग माओवादी रुपान्तरण अभियान सुरु गरेको उनले बताइन् ।
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८० १९:२१